Logo
  माघ २१, २०७९ शनिबार

भतिजमाथि गोली प्रहार ! आफुले गरे आत्महत्या



झापा, १ कात्तिक । झापाको गौरादह नगरपालिका–८ का बिरन साहले मंगलबार साँझ ७ बजे १५ वर्षीय भतिज हेमराज साहमाथि गोली चलाएका छन् भने आफुले गोली हानी ‘आत्महत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलका अनुसार घरयासी विवादमा बिरनले भतिजलाई गोली हानेको बताए । भतिजलाई गोली हानीका बिरन घटनास्थल भन्दा सय मिटर उत्तर सुकुना खोला किनारमा आफैँले कन्चटमा गोली लागेर मृत फेला परेका छन् । आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको प्रहरी उपरीक्षक पोखरेलले सजिलो खबरलाई बताए ।

भतिज हेमराजको ढाडमा गोली लागेको छ । उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । मृतक साह सशस्त्र प्रहरी बलका अवकाश प्राप्त कर्मचारी हुन् । बिरनले होममेड चाइनिज पेस्तोल चलाएको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल १ थान, म्यागजिन २ थान र १४ साउण्ड गोली फेला पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्