Logo
  मंसिर २०, २०७९ मंगलबार

इलाम-१ मा मतगणना पुन: सुरु



इलाम, ८ मंसिर । इलाम क्षेत्र नम्बर १ मा रोकिएको मत गणना पुनः सुरु भएको छ ।

विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट सहमति भएपछि पुन: मतगणना सुरु भएको हो ।

एकीकृत समाजवादीका झलनाथ खनालको उम्मेदवारी रहेको यो क्षेत्रमा प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

सहमति पत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन र  स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।

तर सर्वदलीय बैठकमा सहभागी भएको एकीकृत समाजवादीका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्