Logo
  माघ २२, २०७९ आईतबार

ब्राजिल: वर्तमान राष्ट्रपति पराजित भएसँगै पूर्व राष्ट्रपति लुला पुन: शक्तिमा



ब्रजिल, १४ कात्तिक । ब्राजिलमा पूर्व राष्ट्रपति एवं मजदुर युनियनका पूर्वनेता लुइज इनासियो लुला दा सिल्भाले उग्रदक्षिणपन्थी एवं बहालवाला राष्ट्रपति जइर बोल्सोनारुलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका छन् ।

राजनीतिक धारको विपरीत दिशामा रहेका यी दुई प्रतिद्वन्द्वीबीच भएको निकै कडा प्रतिस्पर्धामा ७७ वर्षीय लुलाले ५०.९ प्रतिशत मत पाएका थिए ।

बोल्सोनारुले हार स्वीकारिसकेका छैनन् ।

बोल्सोनारुका समर्थकहरू उनको जित हुनेमा विश्वस्त देखिएको भए तापनि लुलाले पाएको उक्त मत वर्तमान राष्ट्रपतिलाई पराजित गर्न पर्याप्त थियो ।

प्रतिक्रिया दिनुहोस्