Logo
  माघ १६, २०७९ सोमबार

पाकिस्तानकाे संसद् विघटन



पाकिस्तान, २० चैत । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गरेका छन् ।

आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

संसद् विघटनसँगै उनले आउँदो ९० दिनभित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री खानले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका हुन् । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारेका छन् ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनको नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्