Logo
  माघ २२, २०७९ आईतबार

संसद् भंग गर्नेहरु हात जोडेर हामीलाई मत दिनुस् भन्न थाले: खाँण



रुपन्देही, ३० असोज । गृहमन्त्री बालकृष्ण खाँणले संसद् विघटन गर्नेहरुले जिते फेरि संसद्लाई प्रहार गर्ने बताएका छन् ।

आइतबार रुपन्देही क्षेत्र नम्बर-३ स्थित मायादेवी गाउँपालिका-८ मा आयोजित गठबन्धनको कार्यक्रममा गृहमन्त्री खाँणले पटक-पटक संसद्माथि प्रहार गर्नेलाई फेरि संसद्मा पठाउन उचित नहुने बताए । उनले त्यस्तालाई संसद्मा पठाउँदा मुलुकमा शान्ति खल्बलिने र अस्थिरता निम्तने भन्दै मतदातालाई सजग गराएका थिए ।

“तपाईं हामीलाई थाहा भएकै कुरा हो, जननिर्वाचित थलो संसद् जसले दुई-दुई पटक भंग गरे, अहिले उनै फेरि हामीलाई मत दिनुस् र संसद्मा पठाउनुस् भनिराखेका छन्,” रुपन्देही–३ मा कांग्रेसको उमेदवारसमेत रहेका खाँणले भने, “यस्तालाई यही बेला हो दण्डित गर्ने ।”

नेकपा (एमाले) अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै खाँणले संसद् भंग गर्नेहरु हात जोडेर हामीलाई मत दिनुस् भन्न थालेको बताए ।

“आफैँले प्रहार गरेको संसद्मा फेरि पठाउनुस् भनेर मतदाताकोमा कसरी जान सक्नुभएको होला ?,” खाँणले भने, “यस्ता नेता भएको विपक्षी गठबन्धनलाई जिताएर पठाए फेरि संसद् भंग गर्नसक्छन् । फेरि एकपटक पछुताउनुपर्ने हुनसक्छ ।”

प्रतिक्रिया दिनुहोस्