फ्रि भिषा, फ्रि टिकटको भाषण, माधव नेपालका लागि भयो महंगो
काठमाडौँ, ३ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको फ्रि भिसा, फ्रि टिकटको आश्वासनपूर्ण भाषण महंगो भएको छ । निर्वाचन आयोगले मतदाता प्रभावित पार्ने भाषाण गरेकोमा अध्यक्ष नेपाललाई २४ घन्टे स्पष्टीकरण पत्र पठाएको छ ।
अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो ।
सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।