Logo
  माघ १६, २०७९ सोमबार

च्याम्पियन्स लिग: बार्सिलोना समूह चरणबाटै बाहिरियो



काठमाडौँ, १० कात्तिक । बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३-० गोलले पराजित भएको हो ।

त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो ।

समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ ।

बायर्नका साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे । बायर्नको पाँच खेलमा १५ अंक छ । समान खेलमा इन्टर मिलानको १० अंक छ । मिलान दोस्रो स्थानमा छ । बार्सिलोना युरोपा लिगमा घटुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्