Logo
  माघ २५, २०७९ बुधबार

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ



झापा , १५ चैत । बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् । पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ बैशाख १४ गतेको फैसलाले बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्