Logo
  माघ १७, २०७९ मंगलबार

गुजरातमा पुल भत्किँदा ७८ जनाको मृत्यु, ८० जनाको उद्धार



भारत, १४ कात्तिक । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।

मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।

पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।

पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्