Logo
  श्रावण ३०, २०७९ सोमबार

बङ्गलादेशसँगको टी-२० श्रृंखला जिम्बावेलाई



जिम्बावे, १८ साउन । घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी-२० श्रृंखला जितेको छ ।

हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २-१ ले जितेको हो ।

तेस्रो खेलमा घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए ।

ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १-१ विकेट लिए । त्यसअघि जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । उसका रायन वर्लले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

बङ्गलादेशका मेहीदी हसन र हसन महमुदले समान २-२ विकेट लिए । कप्तान मोसाडिक होसाईन, मुस्ताफिजुर रहमान, नासुम अहमद र मेहमुदुल्लाहले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्