Logo
  माघ १६, २०७९ सोमबार

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित



न्युयोर्क, २५ चैत । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित भएको छ ।

रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने पश्चिमा प्रस्तावमा बिहीबार महासभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत प्रस्तावको पक्षमा परेपछि रुस निलम्बित भएको हो ।

मतदानमा ११७ देश सहभागी भएकामध्ये प्रस्तावको पक्षमा ९३ र विपक्षमा २४ मत परेको थियो । ५८ सदस्य मतदानमा सहभागी भएनन् । निलम्बन प्रस्ताव पारित गर्न खसेको मतको दुई तिहाइ मत आवश्यक हुन्छ ।

यो निलम्बन एक कार्यकालका लागि मात्र लागु हुनेछ । रुसको सदस्यता २०२३ मा सकिँदैछ । त्यसपछि रुसले फेरि मानवअधिकार परिषद्को सदस्यताका लागि आवेदन दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्