Logo
  माघ १५, २०७९ आईतबार

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो: भुसाल



काठमाडौँ, ४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफूहरु पराजित हुनुपरेको जिकिर गरे । उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरूलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए ।

महासचिव भुसालले पुन: प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्