Logo
  माघ १६, २०७९ सोमबार

जङ्गलमा आगो लगाउने ७२ जनालाई पक्राउ गरी कारबाही



पोर्चुगल, ६ कार्तिक । पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ ।

सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ ।

शनिबार यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् । उनका अनुसार सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यसवर्ष मात्र त्यसमा कम्तीमा पनि ३८ प्रतिशतले बृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।

जङ्गलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई यहाँको सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यसवर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्