Logo
  माघ १५, २०७९ आईतबार

काँग्रेसको घोषणापत्रः असंवैधानिक रुपमा संसद् विघटन नगर्ने



काठमाडौँ, १२ कात्तिक । नेपाली काँग्रेसले चुनावी घोषणापत्रमा असंवैधानिक रुपमा संसद विघटन नगर्ने उल्लेख गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने विषय घोषणापत्रमै उल्लेख गरेको बताए । घोषणापत्रमा संसद् विघटन नगर्ने प्रतिवद्धता समावेश गरिएको महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको उनले बताए । उनले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएको दाबी गरेका छन् । घोषणापत्रमा खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्