Logo
  माघ २१, २०७९ शनिबार

टी-२० विश्वकप: इंग्ल्याण्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो



सिड्नी, १९ कात्तिक । श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।

श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २-२ विकेट लिएका थिए ।

आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो । आज श्रीलंकाले इंग्ल्याण्डलाई हराएको भए वा अंक बाँडेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो ।

प्रतिक्रिया दिनुहोस्