Logo
  माघ २५, २०७९ बुधबार

रुसमाथि अस्ट्रेलिया र जापानको थप प्रतिबन्ध



काठमाडौँ, ४ चैत । रुसमाथि अस्ट्रेलिया र जापानले थप प्रतिबन्ध घोषणा गरेका छन् ।

अस्ट्रेलियाले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्वर्ग, एघार वटा बैंक र सरकारी निकायलाई प्रतिबन्ध लगाएको हो ।

त्यस्तै जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको जनाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विभिन्न देशले प्रतिबन्ध लगाइसकेका छन् । तर चीनले रुसमाथि लाग्दै आएका प्रतिबन्धले विकासोन्मुख देशका लागि असर पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्