बझाङमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, नौ जना घाइते
बझाङ, २ कात्तिक । बझाङको मष्टा गाउँपालिकामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।
चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप सडकबाट खस्दा पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।
घाइते नौ जनामध्ये केहीको अवस्था गम्भीर रहेको पनि उनले बताए ।