टि-२० विश्वकप: पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित
अष्ट्रेलिया, ६ कार्तिक । टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गरेको हो ।
भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिकले ३७ बलमा ४० रन बनाएका थिए । पाकिस्तानका लागि हरिस रउफले २ तथा नशिम शाहले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।
इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदीले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाएका थिए ।
भारतका लागि अर्शदिप सिंह र हार्दिक पाण्ड्याले ३-३ विकेट लिएका थिए भने भुवनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिएका थिए ।