Logo
  माघ १९, २०७९ बिहीबार

झापामा माओवादी केन्द्र पाँचौँ, एकीकृत समाजवादी एघारौँ नम्बरको पार्टी



झापा, ११ मंसिर । समानुपासितक मतका आधारमा झापामा नेकपा (माओवादी केन्द्र) पाँचौँ पार्टी भएको छ भने नेकपा (एकीकृत एमाजवादी) एघारौँ नम्बरको पार्टी भएको छ । नेकपा एमालेले १ लाख २७ हजार ७ सय ५३ मत ल्याएर पहिलो पार्टी बनेको छ ।

नेपाली काँग्रेसले १ लाख ६ सय ६९ मत प्राप्त गरी दोस्रो पार्टी बनेको छ । एमाले र काँग्रेस पछि राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ । स्वतन्त्रले ७७ हजार ४ सय २४ मत प्राप्त गरेको छ । राप्रपाले ४६ हजार ४ सय ५४ मत प्राप्त गरेर चौथो पार्टी बनेको छ । माओवादी केन्द्रले ३१ हजार ६ सय ६१ मत प्राप्त गरी पाँचौं पार्टी भएको छ । मंगोल नेशनल अर्गनाइजेशनले ५ हजार ४ सय १० मत प्राप्त गरेको छ ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ७ सय ४४ मत प्राप्त गरेको छ । जनमत पार्टीले ३ हजार २ सय, ९२ मत पा्रपत गरेको छ । हाम्रो नेपाली पार्टीले ३ हजार १ सय ३५ मत प्राप्त गरेको छ भने नेकपा (एकीकृत समाजवादी)ले २ हजार ९ सय ३ मत प्राप्त गरेको छ ।

जसपाले २ हजार ५ सय ५३, लोसपाले १ हजार ३ सय ७३ मत, नेकपा (माले)ले १ हजार २ सय १० मत, विपी काँग्रेसले ४ सय २१ मत, नेमकिपाले ४ सय ८, नेकपा माक्र्सवादी (पुष्पलाल)ले ३ सय ५८, जनजागरण पार्टी नेपालले ३ सय ४५, नेपाली जनता दल ३ सय ३४ मत प्राप्त गरेको छ । सबै भन्दा कम मत पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले २८ मत प्राप्त गरेको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्र भन्दा अघि राप्रपा रहेको थियो । अघिल्लो निर्वाचनमा समानुपातिक मत ४० हजार कटाएको माओवादीको यस पटक १० हजार भन्दा बढी मत घटेको छ । २०७४ सालको निर्वाचनमा माओवादी प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई स्थानमा विजय हाँसिल गरेको थियो । यस पटकको निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार स्थानमा उम्मेदवारी दिए पनि एउटै सिट जित्न सकेन । पहिले जितेका दुई प्रदेश पनि गुमाएको छ ।

नेकपा एमालेले प्रतिनिधिसभाका क्षेत्र नं. २, ४ र ५ जितेको छ भने प्रदेश सभामा ६ वटा क्षेत्र जितेको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा क्षेत्र नं. १ सहित प्रदेशसभामा दुई सिट जितेको छ भने राप्रपाले प्रतिनिधिसभामा क्षेत्र नं. ३ सहित दुई प्रदेश सभामा जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्