Logo
  माघ २५, २०७९ बुधबार

कालिकोटमा बम विष्फोट ः एक बालिकाको मृत्यु, चार जना घाइने



सांकेतिक तस्बिर

कालिकोट, १२ कात्तिक । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जना बालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार‌ शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो ।

यस्तै बम विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएको उनले बताए । घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्