Logo
  श्रावण ३०, २०७९ सोमबार

प्रचण्डको प्रतिवेदन: शहरमा माओवादी कमजोर, गाउँमा काँग्रेस, एमाले गाउँ र शहरमा उस्तै



काठमाडौँ, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ ।

प्रचण्डको प्रतिवेदनमा वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् । यि सबै विषयमा सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले खुलारुपमा आफ्नो भनाइ राख्न सक्ने प्रचण्डले बैठकमा आह्वान गरेका छन् ।

प्रचण्डको प्रतिवेदनमा स्थानीय तहको समिक्षा गरिउको छ । उनले स्थानीय निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनप्रति इमान्दार र गम्भीर नदेखिएको आरोप लगाएका छन् । नेतृत्व तहमा भए जस्तो समझदारी स्थानीय तहमा हुन सकेन । माओवादी बलियो भएका स्थानमा काँग्रेस र एमालेबीच तालमेल भयो ।

प्रचण्डले निर्वाचनको सश्लेषण गर्दै लेखेका छन् ः शहरमा माओवादी कमजोर, गाउँमा काँग्रेस कमजोर, एमाले गाउँ र शहरमा खासै भिन्नता देखिएन । नेकपा एकीकृत समाजवादीले हैसियत भन्दा बढी सिट माग्दा कयौँ ठाउमा गुमेको, जसपा आफ्ना देखिएको स्थानमा गठबन्धन गर्न अनिच्छुक भयो ।

प्रतिवेदनमा पुरैशक्तिका साथ संघ र प्रदेशको निर्वाचनमा माओवादी होमिनु पर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा विभिन्न जनवर्गीय तथा पेशागत संगठनका राष्ट्रिय भेला गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्