Logo
  माघ १६, २०७९ सोमबार

झलनाथको क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने



इलाम, ६ चैत । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिकाको जनसभामा सम्बोधन गर्ने भएका छन् ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका नेताले जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को निर्वाचन क्षेत्र नम्बर १ मा राम्रो प्रभाव भएको मानिन्छ । सूर्योदय नगरपालिका प्रमुखलगायत एमालेबाट निर्वाचि बहुसंख्यक जनप्रतिनिधि समाजवादीमा प्रवेश गरेका छन् । यस निर्वाचन क्षेत्रमा एमाले कमजोर नभएको देखाउन एमालेले पिक्कलमा जनसाभा आयोजना गरेको एमाले नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्