Logo
  माघ १७, २०७९ मंगलबार

रुपन्देहीमा एक दम्पती मृत भेटिए



रुपन्देही, २१ कात्तिक । रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएका हुन् । उनीहरु आफ्नै घरमा बिहान मृत भेटिएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिनअघि मात्रै घर फर्किएका थिए । छिमेकीहरूले घरमा झैँझगडा तथा होहल्ला गरेको केही थाहा नभएको बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् ।

प्रहरीका अनुसार छोरा हिजो आफन्तकोमा सुत्न गएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्