Logo
  मंसिर २०, २०७९ मंगलबार

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ



काठमाडौँ, ८ मंसिर । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कालीकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गाबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलकबहादुर शाही, जुम्लाका २० वर्षीय विशाल शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीय कविता बुढा र २१ वर्षीय दिपिका मल्ल शाही रहेका छन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी योजनाबद्धरुपमा लुटपाट गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले खनालकी श्रीमती नन्दा मल्ल र घरमा भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर धारिलो हतियार खुकुरी, हतौडा र रडको प्रयोग गरी सख्त घाइते बनाई नगद, सुन र हिराका बहुमूल्य गरगहना लुटपाट गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्