Logo
  माघ २५, २०७९ बुधबार

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत: राष्ट्रपति



 

काभ्रेपलाञ्चोक, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् ।

उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक-सामाजिक रूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताइन् । “संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ”, उनले भन्नि ।

भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताइन् । उनले भन्नि, “हरियाली प्रवद्र्धधन गर्ने, पानीका मूल बचाउने एवं जैवीक विविधताको रक्षागर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्तासमेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।”

उनले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्