Logo
  माघ २२, २०७९ आईतबार

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील



चितवन, १३ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ८९ मतदानस्थललाई संवेदनशील र ३९ मतदानस्थललाई सामान्यमा राखिएको छ । उनले विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरेको बताए ।

अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको तामाङले जानकारी दिए । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ ।

१६२ मतदानस्थलमा ४६० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिल्लामा चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्