Logo
  माघ २२, २०७९ आईतबार

शेयर बजार ७ अङ्कले बढ्यो



काठमाडौँ, १६ कात्तिक । शेयर बजार बुधवार तेस्रो दिन पनि बढेको छ ।

दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ । बजार खुलेदेखि बन्द हुने बेलासम्म नै बजार बढ्ने र घट्ने भइरह्यो ।

आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि दिनदिनै बढिरहेको छ । दुई सय २७ वटा कम्पनीको ४३ लाख ४६ हजार कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्