Logo
  माघ २१, २०७९ शनिबार

सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ



सांकेतिक तस्बिर

काठमाडौँ, २७ फागुन । काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट राजकुमार तामाङको सुन र चाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन र चाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारेको हो । उनको साथबाट एक तोला सुनको मङ्गलसुत्र, चाँदीको ब्रासलेट र एक थान पोतेको माला बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्