Logo
  माघ १५, २०७९ आईतबार

देउवा, प्रचण्ड र नेपाल आजदेखि चुनावी प्रशिक्षणमा 



काठमाडौँ, ४ कात्तिक । सत्तारुढ गठबन्धनका शीर्ष नेताले आज प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि पोखराबाट सुरु गर्न लागेका छन् । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबाहदुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रशिक्षण दिने भएका छन् । प्रधानमन्त्री देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् ।

सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ । कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ । यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतमा प्रशिक्षण हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । सत्ता गठबन्धनले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्