Logo
  माघ २१, २०७९ शनिबार

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु



काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबसँग खेलिरहेको छ।

यस्तै मूलपानीमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले खेलिरहेका छन् । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० वटा टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्