Logo
  जेष्ठ ८, २०७९ आईतबार

एलन मस्कले किने ट्वीटर



काठमाडौँ, १३ वैशाख । अमेरिकी धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेका छन् ।

विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले ४४ बिलियन अमेरिकी डलरमा किनेका बीबीसीले जनाएको छ ।

मस्कले ट्विटरको सबै शेयर प्रति कित्ता ५४ दशमलव २० डलरका दरले किनेका हुन् । उनले केही दिनअघि ट्विटरको नौ प्रतिशत शेयर खरिद गरेका थिए ।

खरिद-बिक्री सम्झौतापछि ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले ट्विटरको सबै सेयर होल्डर्सलाई नगदमा आकर्षक प्रिमियम प्राप्त हुने र जसबाट शेयरधनीलाई फाइदा हुने बताएका छन् ।

ट्विटर खरिद गरेपछि नयाँ मालिक मस्कले ट्विटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्