Logo
  माघ २२, २०७९ आईतबार

रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते



रोल्पा, १२ कात्तिक । रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुन्टिगढी गाउँपालिका-८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।

बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए । बस सडकमै पल्टिएको छ । घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ ।

तुल्सीपुर-१८ बस्ने ४५ वर्षका कलिराम परियार र उनकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्