Logo
  माघ १७, २०७९ मंगलबार

एकीकृत समाजवादी, माओवादी र राप्रपाले घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौँ, १४ कात्तिक । मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।

माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो ।

त्यस्तै एकीकृत समाजवादीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ । नागरिकको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी राप्रपाले बिहान साढे ११ बजे नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ । नेपाली कांग्रेसले शनिवार नै घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्