Logo
  माघ २५, २०७९ बुधबार

“आर्दश चिन्तन” कार्यक्रम सम्पन्न



झापा, १८ चैत । आर्दश स्कुल अफ म्यानेज्मेन्ट बिर्तामोडको प्रत्येक दुई महिनामा हुने “आर्दश चिन्तन” कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश गरिने कार्यक्रममा अन्तर्गत अल्ट्र धाविका मिरा राई र कलेजका भुतपूर्व विद्यार्थी तथा नेपाल आइडल सिजन-४ का फस्ट रनर अप नामगेल तामाङलाई सम्मान गरिएको थियो ।

निधि क्याम्पसका प्रमुख रन्जित शाहको अध्यक्षतामा भएको कार्यक्रममा अल्ट्र धाविका मिरा राईले आफनो जीवनी, उत्प्रेरणा कक्षा र अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्वर्कितिमानका बारेमा चर्चा केन्द्रित रहेको थियो ।

उक्त अवसरमा कलेजका तालिम संयोजक दीपक दासले शुभकामना मन्तव्य राखेका थिए भने कलेजका विद्यार्थीहरुले विभिन्न कविता वाचन गरेका थिए ।

कलेजकी छात्रा खुस्वु सिटौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक मनोज बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्