Logo
  माघ २२, २०७९ आईतबार

मेची महाकाली साइकलयात्रीलाई चारआली जेसीजद्वारा सम्मान



मेचीनगर, १५ कात्तिक । उदयपुर जिल्लाको पर्यटन प्रवर्द्धन र वातारण जोगाउन साइकिलिङ्ग भन्ने अभियान बोकेर मेची महाकाली साइकल यात्रा सम्पन्न गरेका तीन जना साइकलयात्रीलाई आज चारआलीमा सम्मान गरिएको छ ।

उदयपुर जिल्ला साइक्लिङ संघद्वारा आयोजित मेची महाकाली साइकल यात्रा सम्पन्न गर्ने अबधनारायण चौधरी, पासाङ शेर्पा र कृष्ण अधिकारीलाई चारआली जेसीजले सम्मान गरेको हो ।

चारआली जेसीजका अध्यक्ष विरबहादुर बेघा विरुको अध्यक्षतामा भएको कार्यक्रममा चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, चारआली जेसीज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला, वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपाने, लायन्स क्लब अफ धाइजन चारआलीका संस्थापक अध्यक्ष हरि घिमिरे, जेसीजका पदाधिकारी तथा सदस्यहरुले टीका र खादा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्