Logo
  श्रावण ३०, २०७९ सोमबार

मतदाता नामावली संकलन कार्य आजदेखि स्थगित



काठमाडौँ, २० साउन । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो ।

यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्