माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान
काठमाडौँ, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गरेका छन् ।
पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान गएका हुन् ।
प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् ।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ ।