Logo
  माघ १६, २०७९ सोमबार

इन्डोनेसियाको मस्जिदमा आगलागी



इन्डोनेसिया, ३ कात्तिक । इन्डोनेसियाको जकार्ता इस्लामिक सेन्टर ग्रान्ड मस्जिदमा आगलागी भएको छ । त्यसपछि मस्जिदको भवन ढलेको छ ।

गल्फ टुडेका अनुसार दुर्घटना अक्टोबर १९ मा स्थानीय समयअनुसार अपराह्न ३ बजे भएको थियो । घटनामा कोही पनि हताहत नभएको जकार्ता ग्लोबले जनाएको छ ।

भिडियो फुटेजमा मस्जिद भत्किनुभन्दा केही समयअघि भवनबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

एक अधिकारीका अनुसार मस्जिदमा जीर्णोद्धारको काम भइरहेको थियो । त्यसै वेला एक्कासी आगो लागेको थियो । आगो नियन्त्रणका लागि कम्तीमा १० वटा दमकल घटनास्थलमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्