Logo
  श्रावण ३०, २०७९ सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने



काठमाडौँ, १४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो ।

भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् ।

क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्