नागरिकका अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम: आचार्य
काठमाडौँ, १२ कात्तिक । संविधानविद् डा.भीमार्जुन आचार्यले नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको बताएका छन् ।
संविधानले हरेक नागरिकलाई निर्वाचनमा एउटा उमेदवार अयोग्य र अर्को उमेदवारलाई जिताएर पठाउनुपर्छ भन्ने अधिकारको सुनिश्चितता गरेको उनले उल्लेख गरे । आयोगले नागरिकको अधिकारमाथि रोकतोक गरेको र त्यो संविधानविरुद्ध भएको उनको भनाइ छ ।
उनले देशमा हरेक निर्वाचनमा एउटै असफल व्यक्तिले जनतामा लोभ र आश्वासन दिएर जितिरहने गरेको भन्दै यो पटक नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
उनले नेपालको संविधानले पनि ‘भोटिङ राइट’को अधिकार दिएको बताए ।