Logo
  श्रावण ३०, २०७९ सोमबार

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा



फाइल तस्बिर
भारत, १८ साउन ।
२० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ ।

भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरेका थिए ।

भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो । फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्