Logo
  माघ २५, २०७९ बुधबार

एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी



काठमाडौँ, १६ कात्तिक । छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन् । डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ ।

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै सङ्कायमा थप अध्ययन गर्न पाउँदैनन् । जसले गर्दा उनीहरूको जीवन लाइसेन्स परीक्षा दिँदादिँदै बित्ने गरेको छ । काउन्सिलका अनुसार उनीहरूले बिरामी जाँच्न पाउँदैनन् । एमबीबीएस तथा बीडीएस पास गरेका डाक्टरलाई बिरामी जाँच्नबाहेक अन्य पेसा अपनाउन काउन्सिलले बाटो खोलिदिन लागेको हो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा।डा। भगवान कोइरालाले एमबीबीएस पास गरेका विद्यार्थीलाई अन्य विषय अध्ययन गर्दा पनि अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने हालको व्यवस्थालाई हटाउन खोजिएको बताए । उनले एमबीबीएस उत्तीर्ण गरेकाले डिग्री लिएको भन्दै उनीहरूले लाइसेन्स परीक्षा पास नगरेको अवस्थामा भने बिरामी जाँच्न नपाउने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्