Logo
  माघ १५, २०७९ आईतबार

धनगढी उपमहानगरपालिकाले अवैध संरचनामा डोजर चलायो



कैलाली, १७ कात्तिक । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ ।

बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो ।

सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ-बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो ।

संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन् ।

उनले हिजोदेखि सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताइन् । मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरुपमा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्