Logo
  माघ १७, २०७९ मंगलबार

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश



काठमाडौँ, १९ मंसिर । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

मनाङ (ख) बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन र नेकपा (एमाले)ले आफ्नो पक्षमा ल्याउनको लागि उमेदवार नै उठाएका थिएनन् । अन्तत: स्वतन्त्र निर्वाचित भएका मनाङे एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले विज्ञप्ति जारी गर्दै उनले आफू एकीकृत समाजवादी प्रवेश गरेको उल्लेख गरेका छन् । मनाङेले समाजवादी प्रवेश गर्दैै आफू गठबन्धकै पक्षमा रहेको पनि प्रष्ट पारेका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्