Logo
  माघ १६, २०७९ सोमबार

महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो



न्युजिल्यान्ड, २० चैत । एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ ।

न्युजिल्यान्डको क्राइसचर्चमा इङ्ग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलियाले सातौँ पटक विश्व कपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको तीन सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४३ ओभर चार बलमा दुई सय ८५ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डकी न्याट स्किभर एक सय ४८ रनमा नटआउट रहिन् । बलिङतर्फ अस्ट्रेलियाकी जेस जोनासेन र अलाङ किङले तीन/तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले अल्यासा हेइलीको एक सय ७०, रचइल हेयनसको ६८ र बेथ मुनीको ६२ रन मद्दतमा तीन सय ५६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्