केदारनाथमा हेलिकप्टर दुर्घटना: सात जनाको मृत्यु
भारत, १ कात्तिक । भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको हो ।
दुर्घटनामा पाइलट अनिल सिंहको पनि ज्यान गएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताएका छन् ।
ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ ।