Logo
  माघ २२, २०७९ आईतबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको सांसद पद खारेज, निर्वाचन लड्न प्रतिवन्ध



काठमाडौँ, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानको संसद सदस्यता खारेज गर्दै पाँच वर्ष निर्वाचन लड्नका लागि अयोग्य घोषित गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खान प्रधानमन्त्री हुँदा उपहार लिएकोे विवरण सम्पति विवराणमा नखुलाएको आरोपमा आयोगले संसद सदस्य खारेज गर्दै पिाँच वर्षका नर्वाचन लड्न अयोग्य घोषित गरेको हो ।

पाकिस्तान तहरीक-ए-इंसाफ़का अध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको सम्पति विवरणमा उपहारको विषय संलग्न नगरेको आरोप निर्वाचन आयोगले लगाएको छ । आयोगको निर्णयका विरुद्ध खानले इस्लामावाद हाई कोर्टमा चुनौती दिने इंसाफ पार्टीका नेताहरुले बताएका छन् ।

खानलाई अयोग्य घोषणा गरे पछि उनका कार्यकर्ता भड्किएका छन् । निर्वाचन आयोग कार्यालय अघि फायरिंग भएको छ । स्थिति तनावपूर्ण भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्