Logo
  माघ १६, २०७९ सोमबार

टी-२० विश्व कप: अस्ट्रेलियासँग श्रीलङ्का पराजित



अस्ट्रेलिया, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ ।

मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो ।

श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनायो । उसका पथुम निसन्काले ४० र चरिथ असलङ्काले नटआउट ३८ रन बनाए । बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्