Logo
  माघ १६, २०७९ सोमबार

रुपन्देही-२ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने



काठमाडौँ, ९ कार्तिक । सत्ता गठबन्धनले रुपन्देही-२ मा प्रतिनिधिसभा सदस्यका लागि जनमुक्ति पार्टीका उमेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उमेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उमेदवारी निर्वाचन कार्यालयले खारेज गरिदिएको थियो । सर्वोच्च अदालतले गुरुङको उमेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरिदिएको थियो ।

उमेदवारी खारेजीविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि सत्ता गठबन्धन रुपन्देही-२ मा उमेदवारविहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्