Logo
  माघ २५, २०७९ बुधबार

कुन दिशा फर्केर लगाउने भाइटीका?



काठमाडौँ, १० कात्तिक । भाइटीकाको टीका लगाउँदा दिदीबहिनी पूर्वपट्टि र दाजुभाइ पश्चिम फर्केर टीका लगाउन शुभ रहेको छ ।

नेपाल पञ्चांग निर्णयक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले चन्द्रमा सन्मुख वा दाहिने पार्नुपर्ने मान्यताअनुरूप दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्केर टीका लगाउन उपयुक्त हुने बताए ।

‘वृश्चिक राशिमा चन्द्रमा रहेकाले पश्चिम फर्केर बस्दा दाहिने पर्छ’, उनले भने, ‘चन्द्रमा सन्मुख पार्दा दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले पश्चिम फर्किन निर्देश गरिएको हो ।’

सामान्यतया पितृकार्यमा मात्र दक्षिण फर्किने परम्परा छ । मांगलिक कार्यमा दक्षिण फर्केर बस्नु उपयुक्त मानिँदैन । समितिले बिहीबार ११:३७ मा भाइटीकाको उत्तम साइत रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्